You are viewing the translated version of क्षतिपूर्ति सम्बन्धी व्यवस्था.
Section 30
क्षतिपूर्ति सम्बन्धी व्यवस्था
(१) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बिपरीत विज्ञापन गरेबाट कसैलाई कुनै किसिमको क्षति भएमा बा कुनै गम्भीर असर परेमा वा सर्जक वा स्रष्टाको अनुमति वा स्वीकृति नलिई निजको सिर्जनालाई विज्ञापनमा प्रयोग गरेको पाइएमा त्यसबाट मर्का पर्ने पक्षले क्षतिपूर्तिको लागि बोर्ड समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा बोर्डले सो निवेदन उपर जाँचबुझ गर्दा क्षति पुगेको देखिएमा त्यस्तो निवेदकलाई विज्ञापनकर्ताबाट मनासिब माफिकको क्षतिपूर्ति भराई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा बोर्डले सो निवेदन उपर जाँचबुझ गर्दा क्षति पुगेको देखिएमा त्यस्तो निवेदकलाई विज्ञापनकर्ताबाट मनासिब माफिकको क्षतिपूर्ति भराई दिनु पर्नेछ ।